प्रभावकारी सार्वजनिक भाषण(EFFECTIVE PUBLIC SPEAKING)
प्रभावकारी सार्वजनिक भाषण(EFFECTIVE PUBLIC SPEAKING)
स्टेज फियर
अधिकांश मानिसलाई Stage Fear (मञ्चको डर) हुन्छ।
यदि कसैलाई मञ्चको डर छैन भने, उसलाई ‘इन्टेलिजेन्ट’ अर्थात् आत्मविश्वासी र सशक्त व्यक्तित्वको रूपमा हेर्न सकिन्छ।
यो डर हटाउने एकमात्र उपाय भनेको प्रशिक्षण र निरन्तर अभ्यास (Practice) हो। अभ्यास नगरेसम्म स्टेज फियर कहिल्यै जाँदैन।
"Stage fear is not eliminated by talent but by training."(स्टेज फियर प्रतिभाले होइन, प्रशिक्षणले हट्छ।)
1.Purpose of Public Speaking | सार्वजनिक भाषणका उद्देश्य
सार्वजनिक भाषण मुख्यतः दुई उद्देश्यका लागि प्रयोग गरिन्छ:
1. To Preach | प्रचार गर्नु
नयाँ व्यक्तिहरूलाई जानकारी दिनु र प्रभावित गर्नु Preaching हो।यसमा व्यक्तिको आवश्यकता र इच्छालाई मध्यनजर गरेर उसलाई मानसिक र भावनात्मक रूपमा प्रभावित गरिन्छ।यसमा वक्ताको शब्दअनुरूपको बोली, सोही अनुरूपको आकर्षक शारीरिक हाउभाउ, विषयगत राम्रो जानकारी र लयबद्ध तरिकाको प्रस्तुति हुन आवश्यक हुन्छ ताकि केही समयको लागि पनि दर्शक वक्ताको भाषणबाट ध्यान भंग नगरुन्।
2. To Teach | सिकाउनु वा तालिम दिनु
कुनै पनि विषयमा विज्ञता हासिल गराउन तालिम को प्रयोग हुन्छ यसमा सिकाइरहँदा दर्शक उत्साहित हुन्छ भन्ने छैन किनकि यो कल्टिभेट(cultivation) गर्ने प्रक्रिया हो।त्यसैले तालिम र प्रचारमा भिन्नता छ, Teaching is to develop depth, preaching is to create spark.
(तालिम विज्ञता विकास गर्न हो भने,प्रचार चासो र प्रेरणा सिर्जना गर्न आवश्यक हुन्छ।)
सबैजना आफ्नो क्षमता अनुसार सार्वजनिक वक्ता बन्नुपर्छ, किनकि हरेकलाई आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनमा अगाडि बढ्नु छ। व्यक्तिगत तथा व्यावसायिक जीवन दुवैमा कम्युनिकेसन स्किल (Communication Skill) अत्यन्तै आवश्यक हुन्छ।
2.Are Great Speakers Born or Made? | के महान् वक्ताहरू जन्मजात हुन्छन् ?
आजका सेलिब्रिटी, नेताहरू, व्यवसायीहरू—उनीहरू सहजै स्टेजमा बोल्न सक्छन्।तर तपाईंलाई के लाग्छ ?
के उनीहरू जन्मजात वक्ता हुन् ? कि अभ्यासले बनेका हुन् ?
सत्य यो हो कि—अभ्यास नै उनीहरूलाई महान वक्ता बनाउँछ।
केही अपवाद बाहेक, प्रायः सबै सफल वक्ता अभ्यासकै उपज हुन्।
"Practice doesn’t make perfect but Practice makes improvement."
सौभाग्यवश, प्रत्येक व्यक्ति अभ्यासद्वारा उत्कृष्ट वक्ता बन्न सक्न।
3.राम्रो वक्ताहरू मात्र बोल्दैनन् उनीहरु प्रदर्शन गर्छन्। (Good speakers don't just talk, they perform.)
राम्रो वक्ता केवल बोल्दैन, ऊ “प्रदर्शन” गर्छ (Performs)
श्रोतालाई जति धेरै तपाईं प्रभावित गर्न सक्नुहुन्छ र उनीहरूसँग जति धेरै मानसिक र भावनात्मक रूपले जोडिन सक्नुहुन्छ, तपाईं त्यति नै सफल वक्ता बन्नुहुन्छ।
सुरुमा प्रभाव जमाउन चाहनुहुन्छ भने,आफ्नो जीवनको वास्तविक कहानी वा अनुभव सुनाउनुहोस्,मानिसहरू भावना (Feeling) बाट प्रभावित हुन्छन्।सर्वोत्कृष्ट भाषण भनेको—मनका भावना पोख्न सक्नु हो।त्यसैले सदैव आफ्नो जीवनको अनुभव, घटनालाई भाषणमा कसरी जोड्न सकिन्छ त्यो पाटोलाईनियाल्नुहोस्। सुरुवाती चरणको वक्ता हुनुहुन्छ भने यसको प्रभावकारिता झन् थप बढेर जान्छ। जब तपाईं आफ्नो व्यक्तिगत अनुभवबाट सुरुवात गर्नुहुन्छ तपाईँलाई एकदम सहज हुन्छ, किनकि त्यो तपाईंको जीवनको निकै निकट घटना हो।जब तपाईँ बोल्नुहुन्छ त्यो मनदेखि प्रस्फुटन हुन्छ, जसले अरुको हृदयलाई सहजै प्रभावित गर्न सक्छ। जसलाई तपाईंले स्मरण गर्न आवश्यक पनि हुँदैन।
"The best speech is felt, not memorized."
यसरी तपाईँ पनि मात्र बोल्ने होइन प्रदर्शन गर्न चाहनुहुन्छ भने तपाईँलाई निरन्तर अभ्यासको आवश्यक हुन्छ।अभ्यासले नै मान्छेलाई दक्षता दिलाउँछ तर अधिकांश सुरुमा उत्साह हुन्छ सार्वजनिक वक्ता बन्ने तर बिस्तारै घट्दै जान्छ। थोरै मान्छे हुन्छन् जसले निरन्तर अभ्यास गर्छन् र अन्ततः उनीहरू नै उत्कृष्ट वक्ता बन्छन्।
4.The Power of Trust | विश्वास जित्ने शक्ति
सार्वजनिक भाषणमा सबैभन्दा ठूलो चुनौती भनेको दर्शकको भरोसा (Trust) जित्नु हो।सार्वजनिक वक्तृत्व क्षमता कुनै रहस्यमय प्रतिभा होइन,यो अभ्यास, आत्मविश्वास, मौलिकता र भावनात्मक सम्बन्धद्वारा बनाइने सीप हो।यदि तपाई भावनात्मक रूपले संचार गर्नुहुन्छ,र दर्शकसँग आत्मीयता निर्माण गर्नुहुन्छ भने तपाईँ दर्शक श्रोताको सहजै भरोसा जित्न सक्नुहुन्छ।
तपाईँ कसैको भरोसा जित्न चाहनुहुन्छ भने जे भनिरहनुभएको छ त्यो आत्मविश्वास पूर्ण तरिकाले दर्शकको आवश्यकतालाई र इच्छालाई मध्यनजर गरेर बोल्नुपर्छ।सार्वजनिक भाषणमा ८० प्रतिशत तपाईंको आत्मविश्वासले दर्शकलाई प्रभावित गर्नमा भूमिका खेल्छ।यसरी तपाईंको आत्मा अभिव्यक्तिले स्टेजमा सहजता दिलाउँछ।अधिकांश मानिसहरू आफ्नो कुरा अरुसँग सेयर गर्न लाज मान्छन्,तर आफ्नो जीवनको घटना, अनुभव र कथा भन्न सजिलो हुन्छ किनकि तिनलाई याद गर्नुपर्दैन।तर, जे–जे कुरा भन्नाले तपाईंको व्यक्तिगत जीवनमा नकरात्मक असर पर्न सक्छ, ती कुरा सेयर गर्नु हुँदैन। गोपनीयता (Privacy) कायम राख्न जरूरी छ।
"People don’t buy your product, they buy your confidence."
"मानिसले तपाईंको उत्पादन होइन, तपाईंको आत्मविश्वास किन्छन’’
विश्वास जित्न सक्ने वक्ता नै प्रभावशाली वक्ता हो।
5.सार्वजनिक वक्ता र उद्देश्य(Public speaker and purpose)
सुरुमै महान वक्ता बन्ने कोसिस नगर्नुहोस् — प्रस्तुतीकरण एक अभ्यासको प्रक्रिया हो, जुन निरन्तरता र सुधारद्वारा प्रौढ बन्छ।
Speech केवल शब्दको प्रवाह ले होइन, Energy, Clarity, र Structure रूपमा प्रस्तुत गर्नाले प्रभावकारी बन्छ।
Content + Confidence + Connection = Effective Presentation
अहिलेको Generation ‘Instant Popularity’ चाहन्छ, अहिले नै राम्रो वक्ता बनिहाल्नुपर्छजुन दीर्घकालीन सफलता होइन।
तपाईं सार्वजनिक रूपमा प्रस्तुत हुन चाहनुहुन्छ भने, त्यसको लागि स्पष्ट उद्देश्य हुनु आवश्यक छ।यदि मलाई सबैले चिन्छन्, प्रसिद्ध कमाउँछु भनेर मात्र सोचेर तपाईँ यो गर्दै हुनुहुन्छ भने यसले फाइदा भन्दा बेफाइदा बढी पुर्याउँछ कीनकी सेलिब्रिटीहरूको व्यक्तिगत जीवनको प्राइभेसी कम हुन्छ।सार्वजनिक व्यक्तिहरू आफ्नो व्यक्तिगत हिसाबले पनि बाँच्न सक्दैन।त्यसैले तपाईं सार्वजनिक वक्ता बन्नको लागि एक उद्देश्य हुन आवश्यक छ।
6.विवेकपूर्ण बोल्ने शैली र मौलिकता
सामाजिक सन्दर्भ, स्थान, समारोह वा श्रोताको प्रकृति अनुसार बोल्न सक्ने क्षमताले तपाईंलाई विवेकशील वक्ता बनाउँछ।
ठिक समय र स्थानमा ठिक शब्द प्रयोग गर्न सक्नु एक महत्वपूर्ण भाषण कला हो।
"Speak when it matters, not just because you can."
सार्वजनिक वक्तामा आफ्नै मौलिक शैली हुनु अत्यन्त महत्त्वपूर्ण छ।देखावटीपन लामो समय टिक्दैन सधैं अर्गानिक र मौलिक रहनुहोस् अरूका शैली हेरेर सिकिए पनि नक्कलले तपाईंको Authenticity हराउँछ।
जसरी हरेक व्यक्ति फरक हुन्छ, त्यस्तै हरेक वक्ताको आवाज, शैली र दृष्टिकोण पनि फरक हुन्छ।
यसर्थ तपाईं राम्रो बोल्न सक्नुहुन्छ भन्दैमा जहाँतहीँ अनावश्यक बोल्न आवश्यक छैन यसले तपाईंको प्रभाव घटाउँछ।जहिले पनि आफूलाई विश्वास भएको Subject मा, आफ्नो तरिका र आफ्नो कन्सेप्टले बोल्ने हो।
तपाईंले के बोल्दै हुनुहुन्छ त्यसमा:
विश्वास (Confidence)
स्पष्टता (Clarity)
सम्बोधन शैली (Engagement) — यी सबै हुनुपर्छ।
स्मरणीय सूत्र: "Topic + Timing + Target Audience = Effective Impact"
7.तुलना र आत्मबल
"म आफैंसँग प्रतिस्पर्धा गर्छु, अरूसँग होइन।"
सुरुमा महान् वक्ताहरूको भाषण सुनेर आफूलाई तुलना गर्नु राम्रो होइन यसले हाम्रो आत्मविश्वासलाई कमजोर बनाउँछ।एक महत्वपूर्ण धारणा छ "Compare for improvement, not for inferiority."
अरुलाई हेर्नुस्, फलो गर्नुस् र सिक्नुस् तर तपाईं आफ्नो स्तरलाई हेरेर आफूलाई कसरी राम्रो बनाउन सकिन्छ त्यसमा ध्यान दिनुहोस्।तपाईंले उनीहरूबाट प्रेरणा लिनुहोस्, तर प्रतिस्पर्धा होइन।
विभिन्न तरिकाले तपाईं दैनिक रुपमा अभ्यास गर्न सक्नुहुन्छ सुरुमै राम्रो हुन्छ भन्ने छैन। तर तबसम्म अभ्यास गर्न छोड्नु हुँदैन जबसम्म राम्रो हुँदैन।अभ्यासको कुनै विकल्प छैन।Fail हुनु भनेको राम्रो बन्ने Process हो, End होइन।
"सफलता तुलना गरेर होइन, सुधार गरेर आउँछ।"
8.उच्चारण, एक्सेन्ट र आवाज प्रवाह
Audience को बुझाइ र संवादको प्रभाव तपाईंको उच्चारण र आवाजमा निर्भर गर्छ।कहिले पनि आफ्नो तालमा नबोल्नुहोस्।तपाईंले बोलिरहँदा अगाडिको व्यक्तिले त्यो कुरा बुझ्नुपर्यो,यसलाई सदैव ध्यान पुर्याउनुहोस्।तपाईंको दर्शकले सहजै बुझ्ने र तपाईंले पनि सहजै बोल्न सक्ने भाषाको प्रयोग गर्नुपर्छ।भाषाको प्रयोग गर्दैगर्दा उच्चारणमा निकै ध्यान पुर्याउनुपर्छ।यदि तपाईंको एक्सेन्ट राम्रो छैन भने त्यसलाई सुधार गर्दै लैजानुहोस्।तपाईंहरूले फिल्म, TED Talk, वा भाषणका उदाहरणहरूसँग अभ्यास गर्नाले accents र tonality लाई इम्प्रुभ गर्न सक्नुहुन्छ।
Clear voice + Right tone = Better delivery
9.शारीरिक भाषा र फेसियल एक्सप्रेसन
Body Language is louder than words.
आँखा मिलाउनु, हाउभाउ देखाउनु, अनुहारको भाव र हातको चलायमानता – सबैले तपाईंको सन्देशलाई अझ प्रभावकारी बनाउँछ।
तपाईंको फेसियल एक्सप्रेसनले तपाईंको मनको अवस्था बुझाउने भएकोले जहिले पनि फेसमा एक्सप्रेसन थपेर बोल्नुहोस्।
"Your body speaks before your words."
Time Management:
यदि तपाईं ढिलो पुग्नुभयो भने, "Sorry" नबोल्नुहोस्। सुरुवातमै माफी माग्दा श्रोताको मनोविज्ञानमा तपाईंप्रति कमजोर धारणा बन्छ।
दिएको समयभन्दा अगाडि भाषण नसक्नुहोस्। यो कम ज्ञान भएको संकेत हुनसक्छ आवश्यक परे २–५ मिनेट लम्ब्याउन सकिन्छ, तर धेरै पनि नहोस्।समय, परिस्थिति हेरेर अलिक बढी बोल्दा तपाईंसँग धेरै ज्ञान छ तर समयको बाबजुद तपाईंले कम भन्नुभयो भनेर दर्शकले आँकलन गर्छन्।
Instead of "Sorry", start with Value.
10.Controversial Topics Handling
कुनै पनि कन्ट्रोभर्सियल विषयमा कुराकानी गर्दा अथवा कसैले प्रश्न सोध्दा निकै होसियार पुर्याउनुपर्छ, यदि तपाईं जिम्मेवार व्यक्ति हुनुहुन्न, भने त्यस्तो विषयमा तटस्थता अपनाउनुनै बुद्धिमानी हुन्छ।यदि भन्नै पर्यो भने पनि"यो कन्ट्रोभर्सियल कुरा हो सबैको आआफ्नै विचार हुन्छ तर मेरो विचारमा" भनेर तपाईले एकदम ध्यानपूर्वक आफ्नो विचारधारा राख्न सक्नुहुन्छ।तर तपाईं आधिकारिक व्यक्ति हो र तपाईँ बोल्नुपर्नेछ भने सुन्दा अनुरोध गरेको जस्तो लागोस् तर आदेश हुनुपर्छ।


0 Comments