अध्याय:१ 1. भाषणको परिभाषा (Definition of Speech)

अध्याय:१ 1. भाषणको परिभाषा (Definition of Speech)

भाषण (Speech) आफ्ना विचार (Thoughts), भावना (Emotions), तथा दृष्टिकोणहरू (Perspectives) लाई आत्मविश्वासपूर्वक, स्पष्ट र रोचक ढंगले सार्वजनिक रूपमा प्रस्तुत गर्ने एक क्षमता हो वा भाषणकला (Art of Public Speaking) भन्नाले आफ्ना अभिव्यक्ति (Expressions) र प्रस्तुतीकरण (Presentation) लाई आकर्षक, प्रभावशाली र कलात्मक शैलीमा अरू समक्ष राख्न सक्ने अद्भुत क्षमता लाई जनाउँछ।


यो एक विशिष्ट कला (Unique Art) हो जुन जीवनमा अपरिहार्य (Indispensable) मानिन्छ,बिना भाषणकला जीवन अपूरो देखिन्छ।

तपाईंले सार्वजनिक बोल्ने कला(Public speaking)निम्न ३ कारण सिक्नुपर्छः

१)मनाउन(To persuade)

२)सूचना दिन(To inform)

३)अरुलाई प्रभावित गर्न र प्रभाव छोड्न(To influence & impact)2. भाषणको सार– बुझाइ र प्रभाव (Essence and Impact of Speech)

भाषण भन्नाले केवल शब्दहरूको सन्देश होइन, त्यो एक ऊर्जा (energy) हो, जुन मानिसको मन, मस्तिष्क र क्रियाशीलतालाई छुन्छ।

 "Effective speech doesn't just reach ears; it reaches emotions, thoughts, and actions."

एक प्रभावकारी भाषणले व्यक्ति, समाज, संस्था, वा राष्ट्रको दिशा नै बदल्न सक्छ। त्यसैले भाषण बोल्नु केवल आवाज निकाल्नु होइन; जिम्मेवारीपूर्वक विचार रोप्नु हो।

आजको युग केवल ज्ञानको होइन, आत्मप्रस्तुती (Self-Presentation) को हो। तपाईँ कति जान्नुहुन्छ भन्दा पनि, कति स्पष्ट, प्रेरक र प्रभावशाली तरिकाले भन्न सक्नुहुन्छ भन्ने महत्वपूर्ण हुन्छ।उदाहरण: दुई जना कर्मचारीहरूमध्ये एकले राम्रो काम गर्छ तर चुप लाग्छ, अर्काले प्रष्ट र प्रेरक भाषण गर्छ– पदोन्नति कसलाई मिल्ला? 

त्यसैले याद राख्नुहोस्।"जो देखिन्छ, त्यो बेचिन्छ। जो बोल्छ, त्यो सुनिन्छ।"

यसर्थ तपाईँलाई भाषणकलाले भिडमा छुट्टै बनाउँछ—त्यसैले यो डिग्री भन्दा पनि महत्वपूर्ण छ।

तर दुर्भाग्य वर्तमान शिक्षा प्रणाली धेरै हदसम्म सिद्धान्तमुखी (theoretical) छ, व्यवहारिक छैन,जसको कारण वर्तमान शिक्षाले बेरोजगारी र वैदेशिक उन्मुख जनशक्ति मात्र उत्पादन गरेको छ।बालबालिकालाई व्यवहारिक जीवन सीप सिकाउन भाषण कला अनिवार्य हुनुपर्छ।नेपालको वर्तमान शैक्षिक प्रणाली व्यावहारिक सिपहरूसँग सम्बन्धित छैन,त्यसैले १० वा प्लस टु पछि नै व्यावहारिक रुपमा सिप सिक्नको लागि र अनुभवको लागि कामहरू गर्न सुरु गर्नुपर्छ। त्यसको लागि सहज ढंगले संचार गर्ने कौशल अनिवार्य छ।

आजको युग विज्ञान (Science), प्रविधि (Technology) मात्र नभई विज्ञापन (Advertisement) र प्रतिष्पर्धा (Competition) को पनि युग हो यस्तो अवस्थामा सफल प्रतिस्पर्धाको लागि Public speaking र सम्वादकला (Dialogue Art) मा निपुण हुनुपर्छ।धेरै मानिसहरू सार्वजनिक रूपमा बोल्न डराउँछन् तर यसले तपाईंको व्यक्तिगत र व्यावसायिक जीवनमा अगाडि बढ्नको लागि धेरै ठूलो भूमिका खेल्छ।हामीले दुइथरी व्यक्ति देख्छौं:

बोल्छ तर काम गर्दैन – वर्तमान नेता

काम गर्छ तर बोल्न सक्दैन – गुमनाम नायक

तर आजको युगले खोजेको हो:

काम पनि गर्ने + आत्मविश्वासका साथ बोलेर अरूलाई पनि प्रेरित गर्ने 

"कर्म र अभिव्यक्तिको तालमेलबाट नै उत्कृष्ट नेतृत्व सम्भव हुन्छ।"3. भाषणकलाको भूमिका (Role of Public Speaking in Life) 

व्यक्तित्व विकास (Personality Development)

आत्मसम्मान र आत्मसन्तुष्टि (Self-respect & Satisfaction)

सफल नेतृत्व (Effective Leadership)

योजना कार्यान्वयन (Execution of Plans)

सशक्त सामाजिक सेवा (Powerful Social Impact)

समाजमा अगुवाई गर्न सक्छ (Lead in Society)

राष्ट्रिय/अन्तराष्ट्रिय पहिचान बनाउन सक्छ (Create Global Identity)

4. ३Vs दृष्टिकोण(3Vs approach)

अल्बर्ट मेहराबियन (Albert Mehrabian) एक प्रसिद्ध सामाजिक मनोवैज्ञानिक हुन्, जसले संचार (communication) मा verbal र non-verbal संकेतहरूको प्रभावबारे एउटा प्रसिद्ध सिद्धान्त प्रस्तुत गरेका छन्, जुन "7-38-55 Rule" वा 3V Model of Communication भनेर चिनिन्छ।

"3V" भन्नाले तीन वटा पक्षहरू जनाउँछ:

1. Verbal (शब्द) – 7%

मानिसले बोलेका शब्दहरू (words) ले केवल ७% मात्र प्रभाव पार्दछन्।

उदाहरण: तपाईंले “म तपाईंलाई माया गर्छु” भन्नुभयो भने, यसमा प्रयोग भएका शब्दहरूले श्रोतामा केवल ७% मात्र असर पार्छ।

2. Vocal (स्वर / आवाजको उतारचढाव) – 38%

तपाईंको आवाजको स्वर (tone), लय (intonation), वेग (pace), र उच्चारण (pronunciation) ३८% प्रभाव पार्दछ।

उदाहरण: यदि तपाईं “म माफ गर्छु” भनेर रिसाएजस्तो स्वरमा भन्नुहुन्छ भने, श्रोता तपाईंको शब्द होइन स्वरलाई बढी महत्व दिन्छन्।

3. Visual (शारीरिक हाउभाउ) – 55%

तपाईंको शरीरको भाषा (body language), अनुहारको भाव (facial expression), हाउभाउ (gestures), आँखा सम्पर्क (eye contact) आदिले ५५% प्रभाव पार्दछ।

उदाहरण: तपाईं मुस्कुराएर “तपाईंलाई सम्मान छ” भन्नुभयो भने त्यसको असर बढी हुन्छ, तर अनुहार गम्भीर छ भने बनाएर “तपाईँलाई स्वागत छ” भन्नुभयो भने त्यो वाक्यांश अनुरूपको अर्थ मिलेन।

i. V-Verbal: (वक्ता के भन्दैछ?)Vorbal मा निम्न कुराहरू समावेश छन्:

Words

Communication skills 

Content 

Engagement

 V-Vocal: (वक्ताको आवाज कस्तो छ?)Vocal ले निम्न बुँदाहरू समेट्छ:

Tone 

Volume 

Pitch

iii. V-Visual: (वक्ता कस्तो देखिन्छ?) Visual तपाईंको शरीरको गैर-भोकल पक्ष समावेश हुन्छ जस्तै:

Body language 

Postures

Gestures

Facial expressions 

Dressing sense

तपाईँले के भन्नुहुन्छ (शब्द )भन्दा पनि तपाईंले कसरी भन्नुहुन्छ (आवाज)र त्यो भन्ने क्रममा तपाईं कस्तो देखिनुहुन्छ (शारीरिक भाषा) ले सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्छन।भन्न खोजेको शब्द अनुरुपको आवाज र आवाज अनुरुपको तपाईंको शरीरको हाउभाउ हुनुपर्छ। तब मात्र तपाईले भन्न खोजेको कुराको सही अर्थ दोस्रो व्यक्तिले राम्रोसँग बुझ्छन।5. डर र अवसरको युद्ध (Fear vs Opportunity)

जब तपाईं बोल्न डराउनुहुन्छ,तब तपाईं अवसर गुमाउनुहुन्छ।

 "यो संसार बोल्नेहरूको मुट्ठीमा छ।"

The world is ruled by those who can speak.

भाषणकला एक यस्तो शक्ति हो जसले व्यक्तिको जीवन, समाजको मार्ग, राष्ट्रको भविष्य नै बदल्न सक्छ। यसलाई सिक्नु, प्रयोग गर्नु र जीवनमा उतार्नु—सफलताको मुख्य आधार हो।तर भाषण भन्नासाथ धेरै मानिसहरू सार्वजनिक रूपमा बोल्न डराउँछन्।डर लाग्नु सामान्य हो, त्यो डर हटाउन सकिन्छ:

नियमित अभ्यास (Regular Practice)

निरन्तर अध्ययन (Continuous Learning)

उपयुक्त प्रशिक्षण (Proper Training)

भाषणकला पनि संगीतजस्तै एक विधा हो।बिना अभ्यास र मार्गदर्शन भाषणकला सिक्न गाह्रो हुन्छ।अभ्यास बिना कुशल वक्ता बन्न सकिन्न।महान वक्ताहरू अभ्यासबाट बनेका हुन्।त्यसैले यो हरेकको सम्भवको कुरा हो।

तथ्य: ८० % भन्दा बढी व्यक्तिहरूमा माइक र मासको फोविया (Mic & Mass Phobia) हुन्छ।अर्थात् तपाईँले भेट्ने हरेक पाँचजनामध्ये चारजनामा यो समस्या हुन्छ। यो प्राकृतिक विषय हो।यसलाई सहजै स्वीकारी व्यावहारिक अभ्यास गर्नतर्फ लाग्नुपर्छ अभ्यास नै सफलता हो (Practice is the Key)

डर हटाउने सन्दर्भमा भनिन्छ Fake it, till you make it अर्थात् जबसम्म तपाईँ आत्मविश्वासी देखिनुहुन्न तबसम्म आत्मविश्वास भएको प्रयत्न गर्नुहोस्। किनकि तपाईं जस्तो प्रयत्न गर्नुहुन्छ तपाईँ अन्तत त्यस्तै बन्नुहुन्छ।

Public speaking is not about being fearless—it's about acting despite fear.

सार्वजनिक भाषणमा के-कस्ता मानसिक अवरोधहरू हुन्छन् ?

i. प्रभाव पार्न अंग्रेजी आवश्यक छ(English is necessary to impress)

अंग्रेजी केवल कुराकानी गर्ने माध्यम हो, तपाईंको आत्मविश्वासको मापदण्ड होइन। त्यसैले, तपाईंले बोल्ने भाषा फरक हुन सक्छ तर तपाईंको कुरा श्रोताले सहजै बुझ्नुपर्यो।

ii. यो केवल बुद्धिजीवीहरूको लागि हो(It is only for intellectuals)

धेरै मानिसहरूलाई लाग्छ कि सार्वजनिक भाषण नेताहरू, प्रशिक्षकहरू र उच्च पदमा रहेका अन्य व्यक्तिहरूको लागि हो। तर सार्वजनिक भाषण तपाईंको लागि पनि हो। किनकि तपाईं पनि आफ्नो व्यक्तिगत र पेशागत जीवनमा अगाडि बढ्न चाहनुहुन्छ।

iii. गह्रौं शब्द र उद्धरणहरूको प्रयोग(Usage of heavy words & quotes)

अल्बर्ट आइन्स्टाइनको सुनौलो भनाइ छ:  

If you can’t explain it simply, you don’t understand it well enough.                                     

त्यसैले, तपाईंलाई गह्रौं शब्द र उद्धरणहरू प्रयोग गर्न आवश्यक छैन।

iv. पहिलो प्रभाव नै अन्तिम हुन्छ(The first impression is the last)

सुरुमै राम्रो छाप छोड्नुपर्छ हैन भने भाषण राम्रो हुँदैन भन्ने गलत मानसिकता हटाउन आवश्यक छ। प्रभावकारीता अभ्यासको क्रमसँगै हुँदै जाने हो। सुरुमा बोल्नु नै सबैभन्दा ठूलो कुरा हो 

डरलाई हटाउने केही निम्न व्यावहारिक तरिकाहरू तल दिएको छ:

SHARE

0 Comments

Leave a Reply